कुलमान घिसिङले भनेः म संकटमा परे, लोडसेडिङ गराउने तत्व सल्बलाउन थाल्यो

काठमाडौं, २५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराउनुभएको छ ।
आज प्राधिकरणमा पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणका केही व्यक्तिहरु नै बोर्डको बैठक र निर्णयहरुलाई गलत तरिकाले प्रचार गर्दै हिँडेको भन्दै प्राधिकरणमा आफू रहेसम्म अनियमितता र दादागिरी हुन नदिने बताउनुभयो ।
९ अर्ब रुपैयाँ घाटामा गएको संस्थालाई अहिले नाफा गर्ने अवस्थामा ल्याइर्पुयाएको र लोडसेडिङको अन्त्य भएपछि त्यस्ता मानिसहरुलाई असह्य भएको उहाँको आरोप थियो ।
प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले नै अनावश्यक अभिव्यक्ति दिँदै हिडेको बताउनुभयो । देशभर २९८ ओटा डेडिकेटेड र ट्रंक लाइन सुविधा जडान गरिएको जानकारी दिँदै उहाँले सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गमा परेका ५० बाहेक अन्यको हकमा नियमित विलिङ भइरहेको बताउनुभयो ।
तर, केही व्यापारिक तथा औद्योगिक ग्राहकहरु प्रिमियमसहितको शुल्क तिर्नु नपर्ने भन्दै अदालत गएकाले उनीहरुबाट बक्यौता उठ्न नसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here