कुमाख मालिकामा महिला उम्मेदवार विजयी

सल्यान, ५ जेठ –सल्यानको कुमाख मालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का दिलमाया बुढा मगर विजयी हुनुभएको छ । उहाँले तीन हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भैरव शाहले दुई हजार १२९ मत प्राप्त गर्नुभएको छ । दिलमाया राप्तीबाटै पहिलो महिला अध्यक्षमा विजयी हुनुभएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डिल्लीराज जैसी विजयी हुनुभएको छ । उहाँले तीन हजार ८१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ति चन्दले दुई हजार १४५ मत प्राप्त गर्नुभएको छ ।

कुमाख मालिका गाउँपालिका–१ मा नेकाका गोपाल बुढाथोकी, वडा नं २ मा एमालेका शेरबहादुर रावत विजयी हुनुभएको छ । यस्तै वडा नं ३ नेकपा माओवादी केन्द्रका चित्रबहादुर बुढाथोकी, वडा नं ४ मा तिलबीर बुढाथोकी र वडा नं ५ मा हरिप्रकाश बुढाथोकी विजयी हुनुभएको छ ।

यसैगरी वडा नं ६ नेकपा माओवादी केन्द्रकै वीरबल शर्मा र वडा नं ७ मा माओवादी केन्द्रका तुलाराम बोहरा विजयी हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here