किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा तीन सय प्रतिशत मूल्यान्तर

काठमाडौं,२७ वैशाख ।  सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।
किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ । काभ्रेको किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन् ।  किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर २०० प्रतिशत हो । त्यस्तै, १० रुपैयाँ प्रतिकेजी बिक्री गरेको मुला ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् ।  किसानदेखि उपभोक्तासम्म पुग्दा मुलको मूल्यमा पाँच सय प्रतिशत अन्तर देखिन्छ। आजको राजधानी दैनिकमा यो समाचार छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here