काठमाडौं,१७ वैशाख । किराँती समुदायले आज उभौली पर्व धुमधामका साथ मनाउँदैछन् । बैशाख शुक्ल पूर्णिमाको दिन किराँती समुदायले यो पर्व मनाउने गर्छन । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । बसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सूस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ ।
उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ । उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पुर्वी भुगोल सहित काठमाडौं उपत्यकामा आज विभिन्न कार्यक्रम हुँदैछन् ।

