एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ ।
रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्व्स्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ । यो दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हो ।
‘भेटमा दुई मित्रराष्ट्रका नेताबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका बिषयमा छलफल हुने कार्यक्रम तय भएको छ,’ क्रेमलिनका विदेश नीति हेर्ने सहयोगी यूरी उसाकोभले बताए ।

