किन भेटिन्छ अवैद्ध सुन? १० किलो सुन सहित एक जना पक्राउ

काठमाडौं,१७ मंसिर– काठमाडौंको बालाजु बाइपासबाट अवैध रुपमा भित्र्याएको १० किलो सुन सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवाको केरुङ नाका हुँदै अवैध रुपमा काठमाडौ ल्याउँदै गरेको १० किलो सुन सहित सिन्धुपाल्चोकका फूलसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर सो सुन काठमाडौं भित्रयाउदै गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले बताउनुभयो ।

एसएसपी धानुकले सो विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।  सिंगो सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भएका बेला तामाङले चीनको केरुङ नाका हुँदै सुन काठमाडौं भित्र्याएका हुन् । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here