किन दौडधुपमा माओवादी अध्यक्ष दाहाल ? राष्ट्रपतिलाई भेट्न सितल निवासमा

काठमाडौं,५ पुस– पछिल्लो समय बढेको राजनीतिक गतिरोध अन्त्यको प्रयासमा लाग्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न सितल निवास पुग्नुभएको छ ।
राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल गर्न अध्यक्ष दाहाल विहान साढे ९ बजे राष्ट्रपति निवास पुग्दै हुनुहुन्छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेपनि नयाँ सरकार गठनका विषयमा अन्योलता जारी रहेका बेला अध्यक्ष दाहाल परामर्शका लागि राष्ट्रपति कार्यालय जान लाग्नु भएको जनाइएको छ ।

उहाँले यस अघि प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्नुभएको थियो । भेटमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ । भेटमा पछिल्लो समय बढेको राजनीतिक अन्यौताका विषयमा पनि छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here