किन तिर्दैनन् दूरसंचार सेवा प्रदायक संस्थाहरु सरकारलाई कर ?

काठमाडौं,४ माघ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूरसंचार सेवा प्रदायक संस्थाहरुले करिब २ अर्ब बढी रकम बुझाउन बाँकी रहेको बताउनुभएको छ ।

आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्री बास्कोटाले दूर संचार सेवा प्रदायक संस्थाहरुले पुस मसान्त भित्र २ अरब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकी रहेको पाइएको उल्लेख गर्नुभयो ।

नेपालमा हाल १ सय ५३ वटा दूर संचार सेवा प्रदायक संस्थाहरु रहेका छन् । ती संस्थाहरुले फ्रिक्वेन्सी दस्तुर, रोयल्टी रकम, नविकरण दस्तुर, ग्रामिण दूर संचार कोषलगायत गरेर सरकारलाई बुझाउनुपर्ने ठूलै रकम बुझाउन बाँकि रहेको मन्त्री बास्कोटाको भनाइ छ । त्यसमध्ये सबैभन्दा बढी स्मार्ट टेलिकम प्रालिले १ अरव ४० करोड ७६ लाख ५८ हजारभन्दा बढी बक्यौता रकम बुझाउन बाँकी छ ।

त्यसैगरी युनाइटेड टेलिकम लिमिटेडले सरकारलाई ७९ करोड ४२ लाख ९५ हजारभन्दा बढि बक्यौंता रकम बुझाउन बाँकी छ । मन्त्री बास्कोटाले हालसम्म कुनै पनि सेवा वापतको दस्तुर रकम सरकारलाई नबुझाएको पनि समितिलाई जानकारी दिनुभयो ।

मन्त्री बास्कोटाले सरकारले सो बक्यौता रकम उठाउन पटकपटक ताकेता गरेपनि कानुनी जटिलताका कारण सेवा प्रदायक संस्थाहरुबाट असुली गर्न नसकिएको पनि स्पष्टिकरण दिनुभयो । मन्त्री बास्कोटाले कानुनी जटिलताकै कारण प्रदेशहरुमा अप्टिकल फाईबर बिछ्याउनेसम्बन्धि काममा ढिलाई भईरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here