किन ढिलो पुर्याइयो प्रकाश दाहाललाई नर्भिकमा ?

काठमाडौं,३ मंसिर– नर्भिक अस्पतालले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई मृत अवस्थामा अस्पताल पुर्‍याइएको बताएको छ।

आइतबार दिउँसो प्रेस ब्रिफिङ गर्दै अस्पतालले भनेको छ – अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको थियो। दाहाललाई बिहान ५:५० बजे अस्पताल पुर्‍याइएको थियो।

‘यहाँ ल्याइपुर्‍याउँदा शरीर चिसो र कडा भइसकेको थियो। कम्तिमा पनि ३ घन्टा अगाडि मृत्यु भइसकेको थियो,’ नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टले भने, ‘अवस्था हेर्दा आकस्मिक हृदयघात भएको देखिन्छ।’

भट्टका अनुसार प्रकाशलाई दुई जना सुरक्षा गार्डले अस्पताल पुर्‍याएका थिए। ‘हामीले इसीजी गर्न खोज्यौं। उनको मृत्यु भइसकेको थियो,’ भट्टले भने।

बिहान ६ बजे अस्पतालले उनलाई मृत ठहर गरेको थियो भने भर्खरै पत्रकार सम्मेलनबाट त्यसको पुष्टि गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here