किन ढिलाे हुन्छ चालक अनुमतिपत्र लिन ?

ललितपुर, २५ मङ्सिर । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।

प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो ।

केही दिनपहिले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि सेवाग्राही आउँदा एउटा समूहबाट अर्काेमा नवीकरण गर्न शाखा अधिकृत पौडेलले यहाँबाट सक्नुभएन ।

कार्यालयमा अहिले कार्यरत कर्मचारीमध्ये तीन जनाले मात्रै सर्भरको प्रयोग गर्छन् । त्यसमा देखिएको समस्या तीनै कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाउने गरिएको छ । नीतिगत रुपमा कार्यालय प्रदेश मातहतमा गए पनि व्यावहारिकरुपमा गएको छैन । प्रविधि हस्तान्तरण नहुँदा सामान्य समस्या आउँदासमेत सेवाग्राही विभागनै पठाउनुपरेको कर्मचारी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here