किन जान्छ राष्ट्रपति कार्यालयमा झ्याप्प –झ्याप्प बिजुली !

काठमाडौं,१४ फागुन । राष्ट्रपति भवन शितल निवासमा अब विजुली नजाने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान गर्न लागेको छ । त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ ।
यो सिस्टम जडानपछि राष्ट्रपति कार्यालयमा लाइन नजाने वितरण केन्द्र प्रमुख सशीभुषण शाहले जानकारी दिनुभयो । विभिन्न प्राविधिक कारणले अनुसार झ्याप्प –झ्याप्प लाइन जाने समस्याबाट राष्ट्रपनि भवन पीडित भएकाले त्यसलाई हटाउन आधुनिक अनलाइन यूपीएस जोड्न लागिएको उहाँको भनाई छ ।
यसअघि राष्ट्रपति कार्यालयबाट पनि प्राधिकरणमा पटक–पटक छोटो समय लाइन जाने–आउने समस्याबारे सोधिएको थियो । प्राधिकरणले वितरणलाइन पुरानो भएका कारण यस्तो समस्या आउने गरेको बताउने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here