काठमाडौं,२१ चैत– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अजरबैजानको राजधानी बाकु जाँदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा भोलीदेखि हुने असंलग्न आन्दोलन नामको मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्नु लाग्नु भएको हो ।
दिगो विकासका लागि अन्तर्राष्ट्रि«य शान्ति सुरक्षाको प्रवद्र्धन विषयक उक्त सम्मेलन अगाडि सदस्यमुलुकका वरिष्ठ अधिकारीहरुको बैठक सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरुको उक्त बैठकले नामको अघिल्लो सम्मेलनको समीक्षा गर्नुका साथै आगामी वर्ष हुने शिखर सम्मेलनको तयारी गर्नेछ ।
मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र ‘काउन्सेलर’ सुरेन्द्र थापाले भाग लिनुभएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र हो ।

