किन जादैं प्रधानमन्त्री मोरङ र सुनसरीमा ?

काठमाडौं,३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज मोरङ र सुनसरी पुग्नुभएको छ ।
उहाँले दिउँसो साढे १२ बजे विराटनगरमा नेकपाको प्रदेश नम्बर १ का सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम छ भने त्यसअघि उहाँले साढे ११ बजे मोरङको कटारी गाउँपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्ने तय  भएको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे सुनसरीको बर्जु तालको निरीक्षण र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । मोरङ र सुनसरीको कार्यक्रम सकाएर प्रधानमन्त्री काठमाडौंमा फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here