किन छलफलमा जुट्दैछन् प्रमुख पाँच दल ?

web

काठमाडौं, १३ बैशाख– आज मुख्य ५ दलबीच छलफल हुने भएको छ । पछिल्लो राजनीतिक अन्यौल अन्त्य गर्ने विषयमा सहमती जुटाउन छलफलमा रहेका प्रमुख पाँचदलबीच आज पनि छलफल हुने भएको हो ।

बिहान साढे १० बजेपछि संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने छ ।  बैठकमा दुई चरणमा चुनाव गर्ने निर्णयपछि उत्पन्न राजनीतिक अन्यौल, प्रमुख प्रतिपक्षको हट लगाएतका विषयमो अन्त्य गर्ने बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

साथै बैठकमा संविधान संशोधन विधेयक, स्थानीय तहको चुनाव र अवरुद्ध संसद् खुलाउने विषयमा छलफल हुने छ ।

प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने सरकारको तयारी प्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले हिजोको संसद बैठक अवरुद्ध गरेको थियो ।

एमालले दुई चरणको चुनाव घोषणा, पहिलो र दोस्रो चुनावको एक महिनाको अन्तर, चुनावअघि बजेट ल्याउने लगायतका विषयमा पनि असहमति जनाउँदै आएको छ ।

यसअघि, हिजोसाझ प्रमूख पाँच राजनीतिक दलबीचको बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here