काठमाडौं,७ बैशाख । सफलताको एउटा सूत्र हो, नयाँ सोच।अधिकांशले नसोचेको या कतिपयले सोचेर पनि सामान्य ठानेको काम आँटेर विश्वका कयौँ युवा सफल भएका छन्। नेपालमै पनि केही युवा ‘तल्लो वर्ग’ ले गर्ने भनेर कित्ताकाट गरिएको कामममा भविष्य खोज्दै छन्।
विदेशमा पढेर फर्किएका विकास सुवेदी, ऋचा धमला र स्वदेशमै स्नातक गरेका निकुञ्ज भण्डारीले धोबीको काम सुरु गरेका छन्। युएसएडको आकर्षक जागिर छोडेर आयुषी केसीले फोहोर संकलन व्यवसाय थालेकी छन्। दुनियाको नजरले तल्लो स्तरको ठान्ने कामलाई उनीहरुले डिजिटरल प्लेटफर्ममा आकर्षक बनाएका छन्।
केही युवा प्रविधिको प्रयोग गर्दै आम मानिसको जीवनशैली बदल्न कस्सिएका छन्। उनीहरुले कयौँ महत्वपूर्ण काम घरमै बसीबसी गर्न सक्ने बनाइदिएका छन्। आजको नयाँ पत्रिकामा खबर छ ।

