एजेन्सी– गुजराज लायन्ससँग पराजित भएपछि किंग्स इलाभेन पञ्जाबको इन्डियन प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना कमजोर भएको छ ।
गएराति भएको खेलमा गुजरात लायन्ससँग ६ विकेटले पराजित भएपछि पञ्जावको आइपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको हो।
मोहालीमा भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको एक सय ९० रनको लक्ष्य गुजरात लायन्सले १९ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो।
गुजरातका लागि ड्वेन स्मिथले ७४, सुरेश रैनाले ३९ र दिनेश कार्तिकले अविजित ३५ रनमा जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले तीन विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो। हासिम अम्लाको १ सय ४ तथा शन मार्सको ५८ रन जोडे पनि पञ्जावको हार भने टार्न सकेनन् ।
११ खेलमा पाँच खेल जितेको पञ्जाव १० अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । १२ खेलबाट १३ अंक जोडेको सनराइजर्स हैदराबाद चौथो स्थानमा छ।

