काठमाडौं,१० जेठ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा राष्ट्रिय आवश्यकताको परिणाम भएको बताउनुभएको छ ।
बिर्तामोडमा आज आयोजित नेकपा, झापाको ‘सपथ ग्रहण कार्यक्रम’मा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले भन्नुभयो, “यो कार्यकर्ताको चाहना, जनताको भावना र राष्ट्रिय आवश्यकताको परिणाम हो ।”
मुलुकमा राजनीतिक अस्थिरताका कारण छ÷छ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न र मुलुककको आवश्यकता पूरा गर्न नेकपा बनेको उहाँले स्पष्ट पार्नुभयो ।
अब मुलुकमा एमाले र माओवादी नरहेको बताउँदै नेता पोखरेलले नेकपा मात्र रहेकाले विगतका अनुभव र शिक्षाबाट पाठ सिकेर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । काली र सेती गण्डकी मिलेर नारायणी बनेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कालो र सेतो छुट्याउने होइन, एकताको भावनाका साथ अघि बढ्नुपर्छ ।

