कालीगण्डकी किनारमा शिक्षकको शव, यसरी भयो पहिचान

पर्वत, २४ असार– पर्वतको कालीगण्डकी नदी किनारमा भेटिएको बेवारिसे शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको पर्वत प्रहरीले पुष्टि गरेको छ ।
डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
शवसँग पौडेलका बाबु, आमाको रगत पठाएको र डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको खनालले जानकारीदिनुभयो ।
कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता हुनुभएको थियो ।
दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उहाँको शव भेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here