कालीगण्डकी ‘ए’विरुद्ध स्थानीयबासीको आन्दोलन

स्याङ्जा, १३ माघ। नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। बेलटारीका स्थानीय बासिन्दालेहिजोदेखि आयोजना जाने बाटो बन्द गरेका हुुन्।

प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन्। सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरुले राखेका छन् । स्थानीय बासिन्दाले प्राधिकरणबाट पाएको सुविधा कटौती भएको आरोप लगाएका छन् ।

आयोजना निर्माण हुँदा आफूहरुको जग्गा जमीन सबै सकिएको र आयोजनाको निर्माणपश्चात सो ठाउँको विकास हुने सोचे पनि खानेपानी र उपभोग गरेको बाटोसमेत बन्द भएपछि बाध्य भएर आन्दोलनमा उत्रिन परेको स्थानीयबासीको भनाई छ। विद्यालय र गाउँलेलाई खानेपानीको समस्या हुँदा समेत आयोजनाले चासो नदेखाएको स्थानीयबासीले गुनासो गरेका छन्। ।

आयोजनाका प्रमुख राजेश पाण्डेले आफूले प्रशासन र आयोजना रहेको गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएको बताउनुभयो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले आयोजना प्रमुख र स्थानीय बासिन्दासँग बसेर समस्याको समाधान गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here