कालिकोटको सदरमुकाम मान्ममा पिउने पानीको अभाव बढ्दै

कालिकोट, ८ जेठः
साधना शाही, कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पिउने पानीको चरम अभाव देखिएको छ । एक महिना देखि नै राष्ट्रिय वाणिज्य वैक देखि रेडियो नंया कर्णाली सम्मको एरियामा पिउने पानीको हाहाकार भएको हो ।
घरमा पिउने पानीको मिटर जडान गरेर पनि अरुकै घरवाट पानि ल्याएर खानु परेको मान्म १ का पत्मा कार्कीले बताउनु भयो । उहाँले भन्नु भयो लुगा धुने, नुहाउनको लागि पानी नभएपनि खानको लागि पनि अरुकै घरवाट ल्याउनु परेको बताउनु भयो । एक दिन अरुको धारावाट पानी ल्याउन सकिन्छ तर दिनहुँ अरुकै धारावाट पानी ल्याउदा समस्या थपिएको बताउनु भयो ।
यता जिल्ला खानेपानी कार्यालयका प्रमुखले पानी कम भएको र पाइपमा नचढेको बताउनु भयो । उहाँले भन्नुभयो खाने पानी छोडने र बन्द गर्ने खाने पानी उपभोक्ता समितिले गर्ने भएकाले अहिलेसम्म जानकारी नभएको बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here