कार्कीविरुद्ध लगाइएको महाअभियोग विरोधमा महिलाअधिकारकर्मी यस्तो प्रदर्शन

काठमाडौं, २० बैशाख–  महिला अधिकारकर्मीहरुले प्रधानन्यायाधिश सुशील कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै दवाव आन्दोलन सुरु गरेका छन । महिला अधिकारकर्मीहरुले भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा दृढतापूर्वक उभिनु भएका प्रधानन्यायाधिश कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन ।

प्रधानन्याधिश कार्कीमाथि लगाइएको महाअभियोगको विरोधमा आज माईतीघर मण्डलामा एक घण्टा विरोध प्रर्दशन गरेका उनीहरुले राजनीतिक दलहरुले आफूहरुले गरेको भ्रष्टाचारको खुलासा हुने देखेपनि महाअभियोग लगाउने दुस्साहस गरेको आरोप पनि लगाएका छन ।

भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्ध उभिनु भएका प्रधानन्यायाधिशमाथि महाअभियोग लगाइएकाले त्यसको विरुद्धमा लाग्नु परेको महिला अधिकारकर्मी लिली थापाले बताउनुभयो । उहाँले अन्याय र अत्याचार गर्ने राजनीतिक दलहरुको कदमको डटेर विरोध गर्ने चेतावनी पनि पनि दिनु भयो ।

अधिकारकर्मी उषा मल्लले न्यायालयमाथि ठाडो हस्तक्षेप गर्ने काम भएकाले त्यसको विरुद्ध सडक संघर्षमा जानु परेको स्पष्ट पार्नु भयो । उहाँले शक्ति पृथकीकरणको सामान्य सिद्धान्तलाई समेत बेवास्त गरेर राजनीतिक दलहरुले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाइएको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै सत्तारुढ काँग्रेस र नेकपा माओवादी केन्द्रले आईतबार प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाएपछि त्यसको सबै क्षेत्रबाट बिरोध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here