बुटवल,२१ चैत । मानव अधिकार तथा शान्ति समाजले भैरहवास्थित कारागार एवम् बालसुधार केन्द्रको अनुगमन गर्दै कारागारको अवस्था र कैदीले पाउने मानवीय सुविधाका बारेमा जानकारी लिएको छ ।
१२० जना क्षमता रहेको कारगारमा ४४५ जना बन्दी रहेकोले बस्न सुत्न समस्या भएको कारागारका कैदी उमेश पाण्डेले बताउनुभयो । शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले कारागारमा कैदीहरु खाँदिएर बस्नुपर्ने बध्यता रहेको छ । त्यस्तै बालसुधार केन्द्रको अवस्था पनि दयनीय भएको अनुगमन टोलीले जनाएको छ ।
सुधार गृहमा खेलकुदका सामाग्री, पर्याप्त खेलमैदान लगायतका सामाग्री र संरचना नरहेको टोलीले जनाएको छ । मानव अधिकार तथा शान्ति समाजले राज्यको कानुन बमोजीम बन्दी जीवन रहेका बन्दी एवम् सुधार केन्द्रमा रहेका वालबालिकालाइ मानबिय ब्यवहार भए नभएको अवस्थाको बारेमा प्रतिबेदन तयार पारी केन्द्रमा पठाउने रुपन्देही शाखाका सचिव अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।

