कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

काठमाडौं,४ साउन । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको   छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो ।

जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षास्थितिसम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिनिे ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेल राजेन्द्र बहादुर बोहोराले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here