काम नगर्ने ठेकेदारको बचाउमा मन्त्रीनै लागेपछि,पक्राउ पर्न दिन्नँ, परे छुटाउँछु – महासेठ

काठमाडौं,४ असार । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन् । यसरी कामचोर ठेकेदारलाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको हो । ‘निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष हुँदैन’, निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले व्यक्त गरेको भनाइ उद्धृत गर्दै नागरिकले लेखेको छ– कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन । यस्ता कारणले पनि निर्माण कार्य ढिला भएका छन् । नागरिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here