कामपा १७ वडाका अध्यक्षः जसले आफ्नो तलव स्थानीयको दु:खमा बाड्छन्

काठमाडौं,२३ मंसिर । काठमाडौं महानगरपालिका वडा नं.१७ का वडा अध्यक्ष नविन मानन्धरले निर्वाचनका समयमा गरेको प्रतिवद्धता अनुरुप काम अघि बढाएको बताउनुभयो । उहाँले गरेको प्रमुख प्रतिवद्धता मध्य आफु जनप्रतिनिधीमा निर्वाचन भएपछि स्थानीय तहबाट प्राप्त हुने रकम(तलव)लाई स्थानीय तहका जनतामै खर्च गर्ने भनि गरेको प्रतिवद्धता पुरा गर्दै गरेका बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले स्थानीय तहका जनप्रतिनिधीलाई प्रदान गर्ने तलव अर्थात मासिक पारिश्रमिकलाई स्वास्थ्य र शिक्षा कोषको रुपमा सञ्चालन गरि आफ्नो वडामा भएका नागरिकलाई आवश्यक परेका समयमा सहयोग गर्दै आएको बताउनुभयो । खबरै खबरसंग कुरा गर्दै उहाँले भन्नु भयोः म निर्वाचनका समयमा जनतासंग गरेको प्रतिवद्धताको पुर्ण रुपमा कार्यान्वयन गर्ने पक्षमा छु । नेपाली काँग्रेसका तर्फबाट विजय हुनुभएका अध्यक्ष मानन्धर वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले विभिन्न सामाजिक सेवामा तल्लीन हुनुहुन्थ्यो ।
उहाँले सञ्चालन गरेको स्वास्थ्य तथा शिक्षा कोषमा तलवबाट जम्मा भएको रकमलाई आवश्यकता अनुसार जनताको घाउँमा मलम लगाउने काम गर्दै आउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १७ मा रहेका विपन्न तथा आर्थिक अभावमा पढ्न नपाएका विद्यार्थीहरु भर्ना देखि मासिक शुल्क तथा आवश्यक पर्ने सहयोग गर्दै आएको बतानुभयो ।
अध्यक्ष मानन्धरले पछिल्लो समय दुर्घटना, क्यान्सर पिडित तथा विभिन्न रोगबाट पडितलाई उपचार खर्च बाफत केहि रकम सहयोग गर्दै आउनुभएको बताउनुभयो । उहाँले भन्नु भयो मैले गरेको सहयोग त केहि होइन तर आफुले निर्वाचनका समयमा गरेको प्रतिवद्धतालाई पालना गर्दै गएको छु । देशमा करिब दुई दशक पछि भएको स्थानीय निकाय तहको निर्वाचन पश्चात स्थानीय तहमा हुने काम कर्तव्यहरु समयै हुन थाल्यो ।
त्यसले स्थानीय तहमा बाँकी रहेका र हुन नसकेका विकास निर्माणका कामहरुले पनि गति लिन थाल्यो । आज स्थानीय तहमा जनप्रतिनिधी आएको पनि करिब २ बर्ष पुग्न पुग्न लाग्यो । यो बीचमा स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधीले गरेका प्रतिवद्धताहरु कति पुरा भए ? कति पुरा हुने क्रममा छन् होला ? त कति सुरुनै भएकान छैनन् हो ।
हामीसंगको कुराकानीमा उहाँले भन्नुभयोः पछिल्लो समय वडामा हुने विभिन्न कार्यक्रममा पनि व्यक्तीगत रकम सहयोग गर्दै आएको छु । काठमाडौं महानगरपालिका अन्तरगत १७ नम्बरमा रहेका स्थानीय महिला समुह, बालकल्व लगायतलाई पनि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो निर्वाचित भएपछि वडामा हुने समस्या समाधान गर्छु भन्ने मनमा आट थियो त्यो यहाँका जनताले पुरा गरिदिनुभयो अब मेरो दायित्व उहाँका समस्या पुरा गर्ने हो । वडा अध्यक्ष मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाले प्रदान गर्ने २५ हजार मासिक तवल गत बर्षको एक मुष्ट आएकाले सामाजिक सेवामा लाउन सजिलो भएको बतानुभयो ।
उहाँले भन्नुभयोः सामाजिक दायित्व बाकेर निर्वाचित भएपछि आफ्नो काम कर्तव्य भुलेको छैन । उहाँले भन्नु भयो म संग पैशा भएर मैले आफ्नो तलव समाजसेवामा लगाएको होइन…। मैले गरेको बाचा र म संग मेरो स्थानीय जनताले लिएको आशा भरोसालाई थोरै पुरा गर्न खोजेको हुँ ।
उहाँले हामीसंगको कुराकानीमा भन्नुभयो मैले गरेको काम प्रति मेरा अन्य सदस्यहरु खुशी हुनुहुन्छ मैले आफैले गएर कसैलाई सहयोग गरेको छैन उहाँहरुसंग छलफल गरि म त्यो व्यक्ती वा संस्थालाई सहयोग गर्न चाँहान्छु भनेपछि उहाँले सहमति जना म सहयोग गर्छु । वडाका अन्य सदस्यहरुको साथले नै म मा काम गर्ने इच्छा जागेर आउँछ ।
स्थानीय तहमा जनप्रतिनिधी आएको करिब २ बर्ष वित्न लाग्यो । यसबाट जनताले के कति राहत पाए ? त्यो उहाँहरुले नै महशुस गर्ने हो । जे होस अब को ३ बर्षमा स्थानीय तहमा उल्लेखनिय काम हुन आवश्यक छ । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधीले आफुले गरेका प्रतिवद्धता कति पुरा गर्छन हेर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here