कामपा १७ मा एकदिने कृषि तालिम सम्पन्न

काठमाडौं, ८ मंसिर ।  काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आज एक दिने कृषि तालिम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौंको सहयोग तथा कामपा १७ को सक्रियतामा आयोजित एक दिने कृषि तालिम सम्पन्न भएको हो । भुकम्प प्रतिकार्य कार्यक्रम( इअारअाे) जीविकोपार्जन सहायता अन्र्तगत शशर्त नगत अनुदान(सिसिजी) कार्यक्रमका सहभागीलाई तालिम प्रदान गरिएको हो ।


तालिममा कृषि सम्बन्धी जानकारी दिइएको थियो भने कौशी तथा अन्य स्थानमा आवश्यकता अनुरुप कसरी अर्गानिक खेती गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको वडा सदस्य कविता दाशले जानकारी दिनुभयो ।

तालिममा कौशीमा आवश्यक तरकारी खेती गरि परिवारलाई आवश्यक पर्ने तरकारीको केहि पुर्ति गर्न सकिने बारेमा जानकारी दिइएको थियो । तालिममा १७ वडाका करिब ३० जना भन्दाबढी स्थानीयको उपस्थिति रहेको वडाले  जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here