कामपा १७ मा अचार बनाउने तालिम सुरु

काठमाडौं,८ पुस ।  काठमाडौं वडा नम्बर १७ को आयोजनामा आजदेखि ४ दिने घरेलु अचार बनाउने तालिम सुरु गरिएको छ । वडाभित्रका महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालित ४ दिने तालिममा करिब २० जना महिलाको सहभागीता रहेको वडा सदस्य कविता दासले जानकारी दिनुभयो ।

दैनिक भान्सामा प्रयोग हुने परिकारको रुपमा रहेको अचार निर्माण गरि विक्रीवितरण गर्न सके आर्थिकरुपमा महिलाहरु बलियो हुने भन्दै तालिमको आयोजना गरिएको वडा अध्यक्ष नविन मानन्धरले बतानुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here