काबुलमा पर्सियनमा ६ जनाको मृत्यु, २३ जना घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा पर्सियन नयाँ वर्ष बिदा मनाइरहँदा भएको बम हमलामा ६ जना मारिएका छन् । यहाँको सिया क्षेत्रमा यहाँका अधिकारीहरुका अनुसार आज भएको बम हमलामा २३ जना घाइते भएका छन् ।

हमला काबुल विश्वविद्यालय नजिकै भएको थियो । जहाँ हरेक वर्ष यस पर्व मनाउन थुप्रै अफगानीहरु उपस्थित हुन्छन् । घटनापछि राष्ट्रपति असरफ घानीले घटनाको भत्र्सना गरेका छन् ।

ट्वीटरमा उनले आफ्नो प्रतिक्रिया समेत दिएका छन् । शान्तिप्रेमी नागरिकलाई दुश्मनले हत्या गरेको भन्दै त्यसप्रति उनले दुख व्यक्त पनि गरेका छन् । गत वर्ष पनि सोही क्षेत्रमा लागेको भिडका बीच विस्फोट हुँदा ३३ जना मारिएका थिए । जुन घटनाको जिम्मा इस्लामिक स्टेट ९आईएसआईएल० समुहले लिएको थियो ।

उक्त समुहले यसअघि पनि पटक पटक सुन्नी समुदायको बाहुल्य रहेको क्षेत्रमा आफ्नो हमलाको निशाना बनाउँदै आएको छ । यसपटक भने विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here