कानूनमन्त्रीले सदनमा छुट्टा छुट्टै तीन निकायका वार्षिक प्रतिवेदन प्रस्तुत गरे

काठमाडौँ, २१ भदौ: प्रतिनिधिसभा आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले छुट्टा छुट्टै तीन निकायका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभएको छ ।

ती प्रतिवेदनमा सर्वाेच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३÷०७४ को वार्षिक प्रतिवेदन रहेका छन् । यसैगरी बैठकले ‘अनिवार्य तथा निः शुःल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । बैठक आज नै साँझ ६ बजे बस्ने गरी स्थगन भएको छ । राष्ट्रियसभाको शुक्रबार बिहान ११ बजेका लागि निर्धारण भएकोे बैठक दिउँसो ३ का लागि सारिएको छ । आज एक सूचनामार्फत बैठक सारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here