कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित-मन्त्री शेरबहादुर तामाङ

नेपालगन्ज, ११ चैत- कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनु भएको छ ।

प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हँुदैन भन्नुभयो ।

उहाँले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here