काठमाडौं,२६ बैशाख । आज कानुन दिवश विभिन्न कार्यक्रमगरी मनाईंदै छ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ ।
दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कार्यक्रम हुँदैछ । दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध रहँदै निश्पक्ष र सक्षम न्यायापालिकाको प्रवद्र्धन गरिने बताउनुभएको छ ।
उहाँले विभिन्न समयमा देखापरेका चुनौतीको सामना गरी न्यायपालिकाको स्वतन्त्रतालाई जोगाइराख्न अमूल्य योगदान गर्नुहुने हाम्रा अग्रज न्यायाधीश, न्यायकर्मी, कानुन व्यवसायी, कर्मचारी, सञ्चारकर्मीलगायत समस्त नेपाली नागरिकले गरेको योगदानको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक सम्मान पनि व्यक्त गर्नुभएको छ । दिवशकको अबसरमा आज देशैभरका न्यायलयहरुमा सार्बजनिक बिदा दिइएको छ ।

