कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिदै

काठमाडौं,८ साउनःपछिल्लो समय विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । पार्टी भित्रैबाट उहाँलाई राजीनामा दिन दवाव परेपछि तामाङले राजिनामा दिने तयारी गर्नुभएको हो ।

केही दिन अघि उहाँले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेट लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताउनुभएको थियो ।

उहाँको सो अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उहाँको व्यापक आलोचना भएको थियो ।

गएराति प्रधानमन्त्री केपी ओलीसहितको नेकपाको सचिवालय बैठकमा नेताहरुले उहाँलाई राजीनामा गराउनुपर्ने मत राखेका थिए ।

पार्टीमा पूर्व प्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजिनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ । मन्त्री तामाङले आज दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने पनि तयारी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here