काठमाडौ–केरुङ रेलमार्ग निर्माणका बिषयमा चीनमा छलफल हुदै

काठमाडौं,५ असार । नेपाली प्रतिनिधिमण्डलले आज चिनियाँ नेशनल रेल्वे अथोरिटिका अधिकारीसंँग छलफल गर्दैछन् ।काठमाडौ–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न चीनमा रहेको उच्चस्तरीय टोलीले छलफल गर्न लागेको हो । २ मुलुकका अधिकारीबीच आज हुने छलफल काठमाण्डौ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माणका विषयमा केन्द्रित रहने रेल विभागले जनाएको छ ।

चीनियाँ टोलीले सो रेलमार्गका बिषयमा अध्ययन गरी प्रारम्भिक प्रतिवेदन समेत बुझाईसकेको अवस्थामा आज हुने छलफललाई महत्वका साथ हेरिएको छ । वैशाखमा राष्ट्रपति बिद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणको डिपीआर निर्माणको कार्यलाई तत्काल अघि बढाउने विषयमा छलफल भएको थियो ।

त्यसलगत्तै नेपाली टोलीले चिनियाँ अधिकारीसँग सोही विषयमा छलफल गर्न लागेको हो । दोस्रो बिआरआई फोरमले पनि सो रेलमार्गको निर्माणको कामलाई महत्व दिएकाले आजको छलफललाई महत्वका साथ हेरिएको हो । यो बीचमा दुबै देशका अधिकारीहरुबीच चरणबद्ध रुपमा छलफल समेत भएकाले आजको छलफलबाट डिपीआर निर्माणका लागि ठोस निर्णय आउने अपेक्षा गरिएको छ ।

भौतिक पुर्वाधार तथा यतायत मन्त्रालयका सचिव देबेन्द्र कार्कीको नेतृत्वमा रहेको ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा रेल बिभागका महानिर्देशक बलराम मिश्र, सिनियर डिभिजनल ईन्जिनियर अमन चित्रकार लगायतका अधिकारी रहनुभएको    छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here