काठमाडौं–ललितपुर महानगरपालिकाको आजै मतगणना सुरुहुने

काठमाडौं, ३१ बैशाख–  काठमाडौं र ललितपुर महानगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ ।
मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनभयो । ललितपुर महानगरपालिकाले वडा नम्बर १ बाट मतगणना थाल्ने तयारी भएको छ ।
प्रमुख निर्वाचन अधिकृत दवाडीले उम्मेदवारहरुले नै आजदेखि मतगणना गर्न चाहेकाले त्यस्तो तयारी गरेको उल्लेख गर्नुभयो । भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here