काठमाडौं मेयरमा शाक्य, उपमेयरमा खड्की विजयी, रन्जु तेस्रो स्थानमा

काठमाडौं, १४ जेठ– काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित हुनु भएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी हुनु भएको छ ।
काठमाडौंको मत गणना सकिएपनि निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । एमाले उम्ेदवार शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई भारी मत अन्तरले पराजित गर्दै विजयी हुने भएको हो ।

यस्तै उपमेयरमा कांग्रेसकी खड्गीले पनि राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले पराजीत गर्नु भएको छ ।  काठमाडौंमा एमाले र राप्रपाको बीचमा चुनावी तालमेल भएको थियो भने नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

तेस्रो स्थानमा विवेकशील नेपाल पार्टीकी रञ्जु दर्शना रहनु भएको छ, चौथो स्थान साझा पार्टीका किशोर थापा रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here