काठमाडौं झाडापखाला लगाएतका अन्य सरुवा रोगको उच्च जोखिममा

असार,३१ काठमाडौं–वर्षा सुरु भएसंगै राजधानी झाडापखाला लगाएतका अन्य सरुवा रोगको उच्च जोखिममा रहेको छ । काठमाडाँै, भक्तपुर र ललितपुर झाडापखाला लगायतका सरुवा रोगका कारण जोखिममा रहेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरुले अनुरोध गरेका छन ।
उपत्यकाको पानीमा झाडापखाला तथा हैजा फैलाउनसक्ने कोलिफर्म अत्यधिक पाइएकाले पानी पिउँदा तथा खाद्यान्न पकाउँदा ध्यान दिन पनि सुझाव दिइएको छ ।
उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका घरमा प्रयोग हुने खानेपानी परीक्षण गर्दा ७० प्रतिशतसम्म हैजा र झाडापखाला सार्ने जीवाणु पाइएकोले सतर्क रहन सुझाव दिइएको हो ।
काठमाडौँ जिल्ला जनस्वास्थ्य प्रमुख डा. महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाको पानीमा कोलिफर्म मिसावट भएकाले पानीलाई उमालेर पिउन सुझाव दिनु भएको छ ।
वैशाखयता ट्याङ्कर, जार, धारा तथा बोतलको गरी ६० वटा नमुना पानी परीक्षण गरिएकोमा ३९ वटा नमुनामा कोलिफर्म भेटिएको तथा यिनै जीवाणुले हैजाको महामारी फैलाउने सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here