काठमाडौं उपत्यकामा पुनः रात्रिवस

काठमाडौं,२० जेठ । काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । राति सार्वजनिक यातायात नहुँदा उपत्यकामा रात्रिकालीन अबस्थामा समस्या थियो । विभागले रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने योजना बनाएको छ । यसका लागि विभागले यातायात व्यवसायी, साझा, ट्राफिक प्रहरी, यातायात विज्ञसँग भोली छलफल गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here