काठमाडौंमा सिधा रेल कहाँ जाने ?

web

काठमाडौं, ९ फागुन– भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् ।

उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन् ।

‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौं ।’ यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वेलाइन बनाउने बताएका हुन् ।

‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाए,’ उनले भने, ‘यो सपना केवल सपनामा मात्र सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’

रेलमार्ग तुलनात्मक रुपमा स्वच्छ (ग्रीन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here