काठमाडौंमा बस दुर्घटना १० घाइते

काठमाडौं,२० बैशाख । काठमाडौंमा आज बिहान बस दुर्घटना भएको छ। चावहिल–जोरपाटी–बौद्ध सडकखण्ड अन्तरगत टुँसालमा बस दुर्घटना भएको हो। आलाकोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस दुर्घटना भएको बौद्ध प्रहरीले जनाएको छ।

दुर्घटना १० भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको उपचारका लागि विभिन्न अस्पतालमा लगिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here