काठमाडौंका नव निर्वाचित मेयर शाक्यले सबैलाई मिलाएर लैजान्छु भन्दा, पराजित जोशीले के भने ?

काठमाडौं, १४ जेठ–  निर्वाचित मेयर विद्यासुन्दर शाक्यले नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरूलाई सँगै लिएर अगाडि बढ्ने बताउनु भएको छ ।

बिहान राष्ट्रिय सभागृहमा निर्वाचन आयोगले विजयी भएको घोषणा गर्दै बधाइ दिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै शाक्यले आफूलाई मतदान गर्ने सबै मतदाताहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाली कांग्रेसबाट उपमेयर पदमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठले पनि आफूलाई मतदान गर्ने मतदाताहरूप्रति आभार व्यक्त गर्नु भएको छ । उहाँले काठमाडौं महानगरका जनताको पीडा र समस्यालाई समाधान गर्न सधैँ भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै– काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार बन्नुभएको राजुराज जोशीले मतदातासँग गरेको वाचा निर्वाचित मेयरसँग सहकार्य गरेर पूरा गर्ने बताउनुभएको छ ।

मत परिणाम सार्वजनिक भएपछि एक सन्देश जारी गर्दै जोशीले भन्नुभयो –‘मैले चुनावी दौडमा रहँदा काठमाडौं महानगरपालिकावासीसँग गरेका वाचाप्रति म सधैं कटिबद्ध रहन्छु ।

साथै मैले आम जनतासँग गरेका वाचाहरु जायज रहेको हुँदा नवनिर्वाचित प्रमुखसँग सहकार्य गरेर उक्त वाचा पूरा गराउने बाटोमा लाग्नेछु । उहाँले निर्वाचित सबैलाई बधाइदिदै जनताप्रति उत्तरदायि हुन आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here