काठमाडौँमा फेरि भेटिए स्वाइनफ्लुका बिरामी

काठमाडौँ,३०पुस । काठमाडौँमा पुनः स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालतमा भर्ना भएका दुई जना बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भइरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी नै हुन् ।

उपचारमा संलग्न डाक्टर राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको भन्दै उहाँले भने, ‘एक साता भेन्टिलेटरमा राखेर उपचार गरियो, दुवैलाई निमोनियसमेत भैसकेकाले अवस्था गम्भीर थियो ।’ यो समाचार आजको कान्तिपुरमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here