काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्यको आवश्यकः महामन्त्री कोइराला

काठमाडौं,२३ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा छ्वासटोलमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा , ‘काङ्ग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।’भन्नुभयो ।
सरकारको गतिविधि सङ्घीयता विरोधी भएको आरोप लगाउँदै ‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन सङ्घीयता विरोधी छ, यसले सरकार सङ्घीयतामा विश्वास गर्दैन भन्ने देखाएको उल्लेख गर्नुभयो ।
सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री डा कोइरालाले ‘सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ।’ भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here