काग्रेस संसदीय दलको नेतामा त्रिपक्षीय भिडन्त

काठमाडौं, १६ फागुन – नेपाली कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गते हुने भएको छ । संसदीय दल निर्वाचन समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि निर्वाचन गर्ने भएको समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिन्भयो ।

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्देम्वे छन् । बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ ।

को को छन् आकांक्षी
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् । सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफु दलको नेता बन्ने घोषणा गर्नुभएको छ । तर, पूर्वमहामन्त्री सिंह भने सभापति विरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिष्पर्धा गर्ने पक्षमा हुनुहन्छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा ६३ सांसद् मात्र रहेको कांग्रेसमा सभापति देउवा पक्षको ३६ सांसद् छन् भने नेता रामचन्द्र पौडेल निकटका २४ र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समुहका ३ सांसद् छन् । सिटौला समुहका तीन सांसदको मतपनि देउवाको पक्षमा परेमा ३९ मत हुनेछ भने उक्त मत सिंहको पक्षमा परे २७ पुग्ने आन्तरिक विश्लेषण छ । संघीय संसदको बैठक फागुन २१ गतेका लागि आह्वान भएकाले कांग्रेसले पनि संसदीय दलको नेता छान्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here