काकरभिट्टा गोल्ड कप आज

झापा,८ मंसिर– काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगितामा आज झापा र सुदूरपश्चिमाञ्चलबिच खेल हुने छ ।
झापाको काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमको सहभागीता रहेको छ ।
यसअघि हिजो भएको खेलमा अग्नि रुपन्देही –११ काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको    छ ।
गत वर्षको उपविजेता समेत रहेको ए डिभिजन टोली नेपाल एपिफ क्लबलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेता टिमले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १५ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here