कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसका सांसदहरुको बैठक आज बस्दै छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने बताइएको छ ।बैठकमा सांसदहरुले विधानको टुंगो लगाउने, संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गर्नेलगायतका विषयमा छलफल गर्ने छन् ।सांसदहरुको सुझावका आधारमा भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधानबारे निर्णय गर्ने कांग्रेसले जनाएको छ ।कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ जना सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here