कांग्रेस संसदीय बोर्ड बैठक जारी

काठमाडौं,१० कार्तिक– नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलमा सकस भएपछि कंग्रेसले छलफल गर्न लागेको हो ।

यसैबीच काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक पनि आजै बस्दैछ । राजपाका तर्फबाट गठबन्धनमा आबद्द कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले बैठक बालुवाटारमा बस्ने भनिए पनि समय भने निश्चित नभएको बताउनुभयो ।

उहाँका अनुसार गठबन्धनमा आबद्द दलहरु सहमति नजिक पुगेकाले चाँडै नै निष्कर्षमा पुग्नेछ । सहमति हुन नसकेका क्षेत्रमा पहिला गठबन्धन आबद्ध नेताहरुको चुनावी क्षेत्र टुङ्ग्याउने अनि मात्रै दलीय भागवण्डा गर्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here