कांग्रेस संसदीय दलको नेता बन्न दौडधुप सुरु, डा.शशांक कोइरालाको दिवा भोज

काठमाडौं,१६ फागुन– नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको मिति नजिकिदै गर्दा नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । संसदीय दलको नेताका आकांक्षीहरुमा दौडधुप शुरु भएको छ ।

दलको नेता बन्ने आकांक्षीहरुले सांसदलाई प्रभावमा लिन विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आउनुभएको छ ।

सर्वसम्मत रुपमा दलको नेता छान्न पार्टीभित्र आन्तरीक छलफल र सम्बाद भइरहेको र सहमति हुन नसके मात्रै निर्वाचनबाट दलको नेता चयन गरिने पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।  सकेसम्म सहमतिमै दलको नेता टुंगो लगाइने पनि उहाँले बताउनुभयो । यता संसदीय दलको नेताका आकांक्षी पार्टीका महामन्त्री डा.शशांक कोइरालाले भने आफ्नो पक्षमा प्रभावमा पार्न सांसदहरुलाई दिवा भोज दिन लाग्नुभएको छ ।
आफ्नो पक्षमा सहमति जुटाउन पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरूका लागि कोइरालाले आज दिवा भोजको आयोजना गर्नुभएको उहाँ निकट श्रोतले जनाएको छ ।  कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट २३ जना, समानुपातिकबाट ४० र राष्ट्रियसभामा १३ जना सांसद रहेका छन् । सहमतिबाट संसदीय दलको नेता चयन हुन नसके आगामी २१ गते निर्वाचनबाटै भएपनि संसदीय दलको नेता छानिने नेता चीनकाजी श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here