साउन,३ काठमाडौं–सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र सरकार विस्तार गर्ने तयारीमा जुटेका छन । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच भोलीसम्ममा सरकार विस्तार गर्ने सहमति भएको छ ।
आज कार्यदलको बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्ने दलहरुको तयारी रहेको छ । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउने कार्यदलको तयारी रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले जानकारी दिनुभएको छ ।

