कांग्रेस निर्वाचित केन्द्रीय सदस्य बैठक बस्दै,पौडेल असन्तुष्ट

काठमाडौं,१७ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ । निर्वाचन समीक्षासम्बन्धी बसेको बैठक सकाउँदै सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाक्नुभएको हो । १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री जस्तो प्रभावशाली पदमा मनोनयन गर्न सक्नुभएको छैन । देउवाले आज उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गर्ने प्रस्ताव ल्याउने तयारी गर्नुभएको छ । यद्यपि, महामन्त्री र सहमहामन्त्री दाबेदार अन्य नेता पनि भएकाले अन्तिम टुंगो लाग्न बाँकी छ ।
यता, देउवाले बैठक बोलाएकोप्रति वरिष्ठ नेता पौडेलले असन्तुष्टि भने जनाउनुभएको छ । बैठकबाट देउवाले आफू अनुकूल रिक्त पदाधिकारी चयन गर्ने पक्का भएकाले पौडेल पक्षका नेताहरुले तत्काल निर्वाचित सदस्यहरुको बैठक बोलाइएकोमा आपत्ति जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here