कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारी चयन गर्ने संभावना

काठमाडौं,२१ बैशाख–पदाधिकारी चयन गर्न नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बोलाइएको छ ।

बैठकले उपसभापति, महामन्त्री लगायत पदाधिकारी चयनको प्रयास गर्ने पार्टी प्रवक्ता  विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यसअघि गत सोमबारका लागि बोलाईएको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले बहिस्कार गरेपछि स्थगित गरिएको थियो ।

एकपक्षीय निर्णयका आधारमा पदाधिकारी चयन नगर्न पार्टी भित्रैबाट दबाब बढेपछि बैठक थप छलफल आबश्यक रहेको भन्दै स्थगित भएको थियो ।

बैठक स्थगित भएपछि सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला लगायतले सबै पक्षसँग पटकपटक छलफल गरेकाले सम्भवत: आज सहमति जुट्ने प्रवक्ता शर्माले बताउनुभयो ।  महाधिबेशन सम्पन्न भएको २६ महिनापछि कांग्रेसले उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here